अख्तियारद्धारा कर्णाली सरकारलाई ६० सुझाव

कर्णाली अनलाइन १ मंसिर २०७८, बुधबार ०६:२६

सु्र्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ  वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख समक्ष पेस गरिएको छ । प्रतिवेदनका अनुसार सबैभन्दा बढी स्थानीय तहका र शिक्षासँग सम्बन्धित उजुरी रहेका छन् । आयोगको सुर्खेत कार्यालयले प्रदेश प्रमुख तिलक परियारलाई वार्षिक प्रतिवेदन बुझाएको हो ।

आयोगका सुर्खेत कार्यालयका निमित्त प्रमुख भेषराज रिजालले आर्थिक वर्ष २०७७-०७८ को २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेका छन । निमित्त प्रमुख रिजालले आयोगको वार्षिक प्रतिवेदनमा आयोगले गरेका कार्य सम्पादन, उजुरीलगायतका विषयबारे संक्षिप्त जानकारी गराएका थिए ।

वार्षिक प्रतिवेदनमा देशभरिका २२ हजार ६२५ उजुरी मध्ये १४ हजार ५३२ वटा उजुरी फर्छ्याैट भएका छन् । बाँकी आठ हजार ९३ वटा उजुरी चालु आर्थिक वर्षमा सरि आएका छन् । प्रतिवेदनमा गत आर्थिक वर्षमा कर्णालीमा एक हजार २२० उजुरी परेकोमा ५७३ फर्छ्याैट भएको उल्लेख छ ।

बाँकी ६४७ उजुरी आर्थिक वर्ष २०७८-०७९ मा सरि आएका छन् । २२८ उजुरी गहन अनुसन्धानमै रहेको र त्यसमध्ये ३१ वटा टुङ्गिएको तथा केही अनुसन्धानको क्रममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमार्फत सरकारलाई विभिन्न ६० वटा सुझाव पनि दिइएको छ । प्रतिवेदनमा सरकारले नीतिगत निर्णय स्पष्ट गर्नुपर्ने, सरकारी निकायका प्रमुखलाई उत्तरदायी गराउनुपर्ने, राष्ट्रिय सदाचारनीति तर्जुमा गरी लागू गर्नुपर्ने सुझाव उल्लेख गरिएका छन् ।

यस्तै, विद्युतीय सेवा प्रणालीको अधिकतम अभ्यास गर्नुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने योजनालाई व्यवस्थित गर्नुुपर्ने लगायतका सुझाव दिइएको छ । प्रदेश प्रमुख परियारले आयोगले दिएका सुझाव पालना गर्न प्रदेश सरकारलाई सचेत गराउन आफूले पहल गर्ने जानकारी दिए । भ्रष्टाचार न्यूनीकरण गर्न आयोगलेे महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले आगामी दिनमा पनि सक्रिय भएर क्रियाशील हुन आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस धनगढी नगर सभापतिमा उपाध्याय निर्विरोध

१ मंसिर २०७८, बुधबार ०६:२६
धनगढी।नेपाली कांग्रेसको धनगढी नगर सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन्। कांग्रेस धनगढीको बुधबार भएको नगर अधिवेशनबाट सभापतिमा उपाध्याय निर्विरोध चयन भएका हुन्। नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्षसमेत रहेका उपाध्याय र रुपेश स्वारले उम्मेदवारी दिएका थिए। छलफलपछि स्वारले उम्मेदवारी फिर्ता लिएका थिए।उपाध्याय नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा […]