आज उम्मेदवारहरुले मनोनयन फिर्ता लिने अन्तिम दिन,भोलि चुनाव चिन्ह प्रदान

कर्णाली अनलाइन १६ बैशाख २०७९, शुक्रबार ०३:५३

काठमाडौँ।स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन। फितर्चा लिने ले लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दावी ,विरोध,उजुरीमाथि छानविन गरी आयोगले हिजो उम्मेदवारी नामावली प्रकाशन गरेको थियो।बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन। विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता गराउन नेताहरु लागि परेका छन। स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ भने निर्वाचन आयोगले भोलि उम्मेदवारीलाई चुनाव चिन्ह प्रदान गदैँछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साँझसम्म उम्मेदवारी फिर्तानलिने बागी उम्मेदवारलाई पार्टीबाट स्वतःनिस्कासन गर्ने काँग्रेसको चेतावनी

१६ बैशाख २०७९, शुक्रबार ०३:५३
काठमाडौं।नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको छ। स्थानीय तहको चुनावमा गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध दर्ता गरेको उम्मेदवारी फिर्ता लिन विद्रोही उम्मेदवारलाई काँग्रेसले आग्रह गरेको हो।कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए  विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकलाई पार्टीबाट निस्कासन गर्ने चेतावनी […]

सम्बन्धित शीर्षक