डोल्पामा सत्ता गठबन्धनबीच सहमति जुटेन,एक्लाएक्लै चुनाव लड्ने तयारी

कर्णाली अनलाइन ३ बैशाख २०७९, शनिबार ०३:५०

सुर्खेत ।  डोल्पामा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएकोको छ ।शुक्रबार बेलुका बसेको बैठकमा दलहरुले आ-आफना अडान नछोडेपछि बैठक विनानिष्कर्ष टुंगिएकोको हो । ‘दलहरुबीच सहमति जुट्न सकेन, अब एक्लाएक्लै चुनाव लड्ने तयारीमा छौं,’ कांग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले भने, ‘सबैले ठूलो भाग खोजेपछि कहाँबाट सहमति जुट्छ ?’

माओवादी र एकीकृत समाजवादी ठूलो भाग खोजेको सभापति शाहीको आरोप छ ।डोल्पामा एकीकृत सामाजवादीको बलियो पकड छ । ०७४ को स्थानीय तहको निर्वाचनमा ८ स्थिानीय तहमध्ये एमालेले ८ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेका थिए । ती ६ पालिकाका प्रमुख नै अहिले एकीकृत समाजवादीमा छन् ।

माओवादी केन्द्रले डोल्पाको सदरमुकाम ठूलीभेरी नगरपालिकाको मेयरमा दाबी गरेपछि सहमति जुट्न नसकेको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिङ बुढाले बताए ।‘ठुलीभेरीमा ८० प्रतिशत मतदाता हाम्रो छ, अनि माओवादीले मेयर खोज्छ, कहाँबाट सहमति हुन्छ ? जनआधार हेरेर भाग खोज्नु पर्‍यो नी,’ अध्यक्ष बुढाले भने ।

डोल्पामा ८ मध्ये ४ पालिका समाजवादीले दाबी गरेको छ । त्यस्तै माओवादीले ३ र कांग्रेसले २ पालिकामा दाबी गरेपछि सहमति भएन । ‘हामी गठबन्धनबीच फेरि बैठक बस्ने तयारीमा छौं, एक खालको निष्कर्ष आउला,’ अध्यक्ष बुढाले थपे ।अघिल्लो निर्वाचनका कुनै पनि पालिकामा नजितेको नेपाली कांग्रेस भने डोल्पामा कमजोर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल एयरलाइन्सले वैशाख ९ देखि काठमाडौँ–रियाद उडान भर्दै

३ बैशाख २०७९, शनिबार ०३:५०
  काठमाडौँ।राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ। वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिए। ‘वैशाख […]