तनहुँमा सडक दुर्घटना हुँदा युवकको मृत्यु

कर्णाली अनलाइन १५ कार्तिक २०७८, सोमबार ०७:५३

दमौली ।तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युतकाे गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो। उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएका छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयोगले संघीय संसदमा आवश्यक उपसचिवका लागि लिएको लिखित परीक्षामा सबै ‘फेल’

१५ कार्तिक २०७८, सोमबार ०७:५३
काठमाडौँ ।लोकसेवा आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको छ।आयोगले आइतबार परीक्षाफल प्रकाशित गर्दै कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको हाे। आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको ३ वटा पदका लागि आवेदन खुलाएको थियो। […]