६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

कर्णाली अनलाइन २६ असार २०८०, मंगलवार ११:३०

सुर्खेत।सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।जिल्लाको सुर्केबाट काठमाडौँका लागि मंगलबार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना रहेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रवक्ता सिटौलाका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको हो।चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनाङ्ग हेलिकप्टर- सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना,६ जनामा ५ जना विदेशी

२६ असार २०८०, मंगलवार ११:३०
सुर्खेत। मंगलबार बिहान बेपत्ता भएको  मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आफूहरूलाई दिएको जानकारी दिए। ‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने। सोलुखुम्बुदेखि काठमाडौं […]

सम्बन्धित शीर्षक