सुर्खेत।झन्डै दुई वर्ष देखि सुस्ताएको शेअर बजार क्रमिक रूपमा सुधार हुने सङ्केतहरू देखिन थालेको विश्लेषकहरूले बताएका छन्।
दुई साता अघि सार्वजनिक गरिएको मौद्रिक नीतिले अपेक्षाकृत रूपमा शेअर बजार चलायमान बनाउनका लागि नीतिगत व्यवस्था गर्न नसकेको भए पनि हाल वित्तीय संस्थाहरूसँग तरलता अभाव नरहेको अवस्था र ब्याजदर घट्नसक्ने सम्भावनाका कारण क्रमिकरूपमा बजार उकालो लाग्न सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ।
यद्यपि त्यस्तो हुन केही समय भने लाग्ने उनीहरू बताउँछन्।त्यस्तै शेअर बजार निश्चित समयसम्म ओरालो लागेपछि क्रमिक रूपमा पुनः लयमा फर्कने गरेको र नेपालमा पनि बजारमा निराशा छाएको दुई वर्ष पुग्न लागिसकेकाले अबका केही महिनामा सुधारका सङ्केतहरू देख्न सकिने अपेक्षा गरिएको उनीहरूको भनाइ छ।

