चुनावमा मिलेर जाने गठबन्धनको निर्णय

कर्णाली अनलाइन १७ चैत्र २०७८, बिहीबार ११:१३

काठमाडौँ। सत्ता गठबन्धनका पाँच दलले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदाे स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनका लागि सबै दलका प्रदेश, जिल्ला र पालिकास्तरका शीर्ष नेताहरूको संयन्त्र बनाउने र संयन्त्रले पाँच दलको अवस्थाबारे यही २२ गतेसम्म प्रतिवेदन केन्द्रमा बुझाउन निर्देशन दिने पनि निर्णय गरेको छ । संयन्त्रले पालिका, जिल्ला र प्रदेशमा पार्टीहरूको अवस्थाबारेको जानकारीसहित प्रतिवेदन तयार पारेपछि कहाँ कसरी जाने भन्ने निर्णय हुने कार्कीले बताउनुभयो ।

हिजो बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरको तालमेलबारे केन्द्रीय शीर्ष नेताहरूले नै निर्णय गर्ने बताउनुभएको थियो । तर आजको बैठकमा पहिला संयन्त्रले प्रतिवेदन बुझाएपछि मात्रै निर्णय हुने कांग्रेस नेता कार्कीले बताउनुभयो । ‘समग्रमा भन्नुपर्दा चुनावमा हामी पाँच दल एकजुट भएर जाने निर्णय भएको छ, यत्ति बुझ्नुहोस्’, उहाँले भन्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजार २४ अङ्कले घट्यो, १ अर्ब ८९ करोड रुपैयाँको कारोबार

१७ चैत्र २०७८, बिहीबार ११:१३
काठमाडौँ।काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ  । आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले […]