सुर्खेत ।नेपाल पत्रकार महासंघ सुर्खेत शाखा सुर्खेतले लेकवेशी घोषणपत्र जारी गरेको छ । गत मंसिर ४ गते लेकवेश नगरपालिकाको गमखोलामा आयोजना गरिएको महासंघको तेस्रो पूणर् बैठकले घोषणा पत्र जारी गरेको हो । पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले आठ बुँदे लेकवेशी घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो । घोषणापत्रमा प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धि विधेयकलाई संविधानको परिकल्पना अनुसार पूणर् प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संसोधनसहित विधेयक पारित गर्न आह्वान गर्दै तत्काल आमसंचार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग माग गरेको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका संचार माध्यमहरुको दिगो संचालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनमा बृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय संचार माध्यममा अनिवार्य प्रकाशन तथा प्रशारण गर्नेगरी आवश्यक कानून र नीति निर्माणमा जोड दिइएको छ । बैठकले प्रदेश सरकारले संचालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन मागसमेत गरेको छ । यस्तै श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न तथा पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन र छात्रवृत्ति कोष स्थापनाका लागि प्रदेश तथा स्थानीय तहहरुलाई आग्रह गर्दै पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध भएका यस शाखाका सदस्यहरुलाई सदस्यता शुद्धिकरण ९खारेज० गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न महासंघ सुर्खेत शाखाले आह्वान गरेको छ ।
कोरोना महामारीले संचारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित संचार माध्यमको अनुगमन गर्ने, प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेशी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवद्र्धनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट(भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न आग्रह गर्ने निणर्य गरेको घोषणापत्रका उल्लेख छ । यस्तै शाखाको तेस्रो पूणर् बैठक आयोजनाका लागि संयोजन गर्ने लेकबेशी नगरपालिका र जनक मावि गमखोलालाई धन्यवाद ज्ञापनसमेत गरिएको प्रत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाद्वारा हस्ताक्षरित घोषणा पत्रमा भनिएको छ ।@pahilopress