चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो

कर्णाली अनलाइन २९ जेष्ठ २०७९, आईतवार ११:३३

 

काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढ्यको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’ होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको ती व्यापारीले बताए ।

‘गत वष सरकारले हामीलाई सहयोग गरेन, भन्सार छुटमा चिनी ल्याउन नदिंदा यस पटक बजारमा हाम्रो उपस्थिति भएन,’ चन्दले थपे, ‘एक दुई दिनमै चिनी खरिदको टेन्डर गर्छौं ।’ वाणिज्य मन्त्रालयबाट कम्पनीले आयात गर्ने चिनीमा भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । चिनीको खरिद प्रक्रिया सकेर चिनी नेपाल भित्रिन कम्तीमा ४५ दिन लाग्ने पनि कम्पनीले जनाएको छ ।

भन्सार विभागकाअनुसार वैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष यस्तो आयातको परिमाण १८ करोड ५२ लाख थियो भने कुल लागत ८ अर्ब ९१ करोड हाराहारी थियो । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘स्मार्ट सिटी’ ओठमा लिपिस्टिक पोतेजस्तो होइन'-सांसद चौधरी

२९ जेष्ठ २०७९, आईतवार ११:३३
काठमाडौं। नेकपा एमालेकी सांसद गंगा चौधरीले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीमाथि व्यंग्य गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा आइतबार उनले स्मार्ट सिटी बनाउने काम ओठमा लिपिस्टिक पोतेजस्तो सजिलो नभएको भन्दै व्यक्तिगत स्तरमा उत्रिएर व्यंग्य गरेकी छन्। उनले भनिन्, ‘तपाईं ओठमा लिपिस्टिक लगाएर जति सुन्दरी बन्नुहुन्छ‚ त्यसभन्दा धेरै दायित्व स्मार्ट सिटी बनाउने छ। काठमाडौंमा दुर्गन्ध फैलिएको […]