काठमाडौँ।नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमनका लागि दलहरुले उनलाई महाअभियोग लगाउनुपर्ने आग्रह गर्दै सोमबार सभामुखसहित दलका नेताहरुसँग ज्ञापनपत्रसहित भेट गरिरहेको छ।
सभामुख अग्निप्रसाद सापकोटा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस तथा जसपाका नेताहरुसँग भेटेर बार एसोसिएसनका पदाधिकारीहरुले प्रधान न्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
बारले न्यायपालिकाभित्र विकृति, विसंगति, भ्रष्टाचार बिचौलियाहरुले प्रवेश पाएको उल्लेख गर्दै यसबारे विभिन्न प्रतिवेदनहरुले प्रस्ट पारिसकेको बताएको छ।ज्ञापनपत्रमा बारले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने १७ कारण पनि प्रस्तुत गरेको छ।
प्रधानन्यायाधीश आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ रहेको उल्लेख गर्दै बारले उनी न्यायपालिकाको साख श्रीबृद्धि गर्ने दायित्व पूर्ण रुपमा विमुख रहेको आरोप लगाएको छ।बारले प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनुपर्ने यी १७ कारण ज्ञापनपत्रमा प्रस्तुत गरेको छ: