२४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ११:२७

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन्।गत २४ घन्टामा १० हजार ४१६ पीसीआर तथा २ हजार ८२० एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने,देउवालाई ८२ मत पुगेन,

२७ मंसिर २०७८, सोमबार ११:२७
काठमाडौँ ।नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो । ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ […]