काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर २ सय ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार १६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै ५०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमा ४ जना संक्रमित भेन्टिलेटरमा ६१ जना आइसियुमा उपचार गराइरहेका छन् भने २०६ जना संस्थागत आइसोलेसनमा र ५ हजार २२८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

