मुगु। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही मुगुको सदरमुकाम गमगढीका आगलागी पीडितका लागि राहत लिएर जाने भएका छन्।तत्कालका लागि पीडितलाई राहात सामग्री प्रदान गर्न र आगालागीको अनुगमन गर्न मुख्यमन्त्री शाही त्यतर्फ जान लागेको उनका स्वकीय सचिव राज बहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार राहात सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडालगायत छन्।गमगढीमा सोमबार राति लागेकाे आगोले २० घर जलेका थिए। मुख्यमन्त्री शाहीले आगालागी पीडितका लागि विशेष प्याकेज ल्याएर सहयोग गर्ने बताइकेका छन् । यसका लागि टोलीले अनुगमन गर्ने र जिल्लाबाट आएको बिबरणका आधारमा प्याकेज तयारी गरिने सचिवालयले जनाएको छ ।

