त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०९:०४

काठमाडौँ। त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन ।पक्राउ पर्नेमा भानु नगरपालिका –७ की २७ वर्षिया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ।

नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसिया हुँदै जापान जान लागेकी सोविताको साथबाट गोली बरामद भएको हो ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एक्स –रे मा चेकजाँचको क्रममा उनले बोकेको ध्यु रङको हाते व्यागभित्र लेखिएको एक राउण्ड गोली फेला परेको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्थतन्त्रका सूचकहरू सामान्य छन्, सुधार आउँछ : अर्थमन्त्री शर्मा

२८ चैत्र २०७८, सोमबार ०९:०४
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहे पनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए। त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए। कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई बान्छित […]