रविलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैनः अध्यक्ष ओली

कर्णाली अनलाइन १९ माघ २०७९, बिहीबार १३:५२

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका हुन्।

सरकार गठनकाे बेला रास्वपाकाे भागमा परेकाे उपप्रधान तथा गृहमन्त्रालय उसैलाई दिनुपर्ने जनाउँदै उनले यस्ताे बताएका हुन्।

‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो। अदालतको पूर्णपाठ किन चाहियो?’, उनले भने। प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो?’

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रविकाे नागरिकता अवैध भएकाे भन्दै सर्वाेच्चले गरेकाे फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृहमन्त्रालयकाे टुङ्गाे लगाउने बताएका थिए।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोधिएको एक जिज्ञासामा ओलीले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अनौठो कुरा नभएको तर उसले राजनीतिक संस्कार नराखेको टिप्पणी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

१९ माघ २०७९, बिहीबार १३:५२
काठमाडौं।पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन्।उनले सामाजिक सञ्जालमार्फत आफू महाभारतको अभिमन्यु नभएको लेखेका छन्। उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’ सर्वोच्चले […]