२४ घण्टामा थप ११२८जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

कर्णाली अनलाइन २८ माघ २०७८, शुक्रबार ११:१२

काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ।

शुक्रबार २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १७ हजार ४४७ पीसीआर तथा ३ हजार ५ सय ४२ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतकाे चनौटे - १२ मा खुकुरी प्रहार, एक जना गम्भिर घाईते

२८ माघ २०७८, शुक्रबार ११:१२
सुर्खेत। बीरेन्द्रनगर नगरपालिका- १२ चनौटेमा तिन जना व्याक्तिहरूकाे समुहले खुकुरी प्रहार गरेका छन्।  भेरिगंगा नगरपालिका १३ बस्ने बर्ष २७ का कर्ण बहादुर रसाईलीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका हुन् । घाईतेको नर्सिङहोममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ । हतियार प्रहार गर्ने बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने […]