सुर्खेतकाे चनौटे – १२ मा खुकुरी प्रहार, एक जना गम्भिर घाईते

कर्णाली अनलाइन २८ माघ २०७८, शुक्रबार ११:१९

सुर्खेत। बीरेन्द्रनगर नगरपालिका- १२ चनौटेमा तिन जना व्याक्तिहरूकाे समुहले खुकुरी प्रहार गरेका छन्।  भेरिगंगा नगरपालिका १३ बस्ने बर्ष २७ का कर्ण बहादुर रसाईलीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका हुन् । घाईतेको नर्सिङहोममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।

हतियार प्रहार गर्ने बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष १७ का अर्जुन बि.क. र साेहि ठाउँका बर्ष १९ का रामपुर्ण रानामगरलाइ एक थान खुकुरी सहित प्रहरीले नियन्त्रण्मा लिएको छ । अर्का एक जना व्यक्ति फरार भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । फरारकाे खोजी भइरहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँमा फसेका जुम्लाको तातोपानीका स्थानिय पाँच दिनपछि सबै सकुशल घर फर्किए

२८ माघ २०७८, शुक्रबार ११:१९
जुम्ला। जिल्लाको तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । प्रदेश […]

सम्बन्धित शीर्षक