अफगानिस्तानको काबुलस्थित मस्जिदमा विस्फोट, २१ जनाको मृत्यु

कर्णाली अनलाइन २ भाद्र २०७९, बिहीबार ०७:३५
साकेतिक फोटो
साकेतिक फोटो

एजेन्सी।अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ। स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ। भने ६० भन्दा बढी घाइते भएका छन्।

काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए।

विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ। बम विष्फोटमा घाइते हुनेमा बालबालिका समेत रहेका छन्। बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन।

विस्फोटस्थलमा गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर नेपालगञ्जमा बाबुछोराको मृत्यु

२ भाद्र २०७९, बिहीबार ०७:३५
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु […]