चट्याङ लागेर मकवानपुरमा एक वृद्धको मृत्यु

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०४:१९

मकवानपुर।चट्याङ लागेर मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका-२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशका अर्थमन्त्री सवार गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

७ बैशाख २०७९, बुधबार ०४:१९
काठमाडौँ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।अर्थमन्त्री बराल चढने ग १ झ ४४५ नम्वरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई मनिपाल अस्पतामा उपचार भैरहेकोमा उपचारकै क्रममा उनको […]