गण्डकी प्रदेशका अर्थमन्त्री सवार गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ०५:३६

काठमाडौँ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।अर्थमन्त्री बराल चढने ग १ झ ४४५ नम्वरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई मनिपाल अस्पतामा उपचार भैरहेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।ग १६ प ५१८१ नम्वरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए।उनकी श्रीमतीको अवस्था भने सामान्य छ ।गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस कास्की पार्टी कार्यालयमा ताला

७ बैशाख २०७९, बुधबार ०५:३६
पोखरा। पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ।मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए। सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी […]