अन्तत:स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस तयार

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार १२:१६

काठमाडौँ।सत्तारुढ नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघद्धारा मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक (नामावलीसहित)

१५ चैत्र २०७८, मंगलवार १२:१६
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंगलबार संघको निर्वाचन समिति सचिवालयको स्थापना गर्दै निर्वाचन मण्डलले मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यस्तै, निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ […]