प्रधानमन्त्री दाहाल र सिके राउतबीच भेटवार्ता

कर्णाली अनलाइन १७ असार २०८०, आईतवार ११:२१

काठमाडौँ।जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे।भेटमा अध्यक्ष राउतले सरकारसँग विमति रहेकाले बाहिरिन चाहेको बताएका थिए।

तर प्रधानमन्त्री दाहालले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको उनको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले रोजेकै मन्त्रालय दिने हो भने तत्काल सम्भावना छैन किनकि उद्योग मन्त्रालय नेपाली कांग्रेसको भागमा छ।जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि आफ्ना एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान प्रकट गरी मनाईँदै

१७ असार २०८०, आईतवार ११:२१
सुर्खेत।आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक […]