पल शाहविरुद्ध नाबालिगले फेरिन् बयान

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार १६:११

काठमाडौँ ।बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्।उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्।

तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्।अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ।

नाबालिग महिलाले कलाकार पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। उनले आफूमाथि पटक–पटक जबरजस्ती गरेको भन्दै गैँडाकोट प्रहरीमा समेत जाहेरी दिएकी थिइन्।

शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघद्वारा मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा

४ बैशाख २०७९, आईतवार १६:११
काठमाडौँ ।नेपाल पत्रकार महासंघले मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा वैशाख ५ गतेदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो। श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम […]