पत्रकार महासंघद्वारा मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार १६:१९

काठमाडौँ ।नेपाल पत्रकार महासंघले मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा वैशाख ५ गतेदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो।

श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए।उनले श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने समेत स्पष्ट पारे।

अध्यक्ष पोखरेलले भने, ‘पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ। श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन। त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समिक्षापछि बाध्य भएका छौं। त्यसकारण भोलीदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौँ।’

महासंघले सोमबार र मंगलबार कान्तिपुर टेलिभिजन र यसपछि नागरिक दैनिकमा धर्नाको कार्यक्रम राखेको छ। ‘त्यसपछि अन्य संस्थाहरु, जहाँ श्रमको शोषणा भइराखेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ।हामीले संवादमार्फत् समस्या समाधान गर्ने सन्दर्भमा तदारुपता देखाइएको छैन। ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं। महासंघको मुख्य दायित्व प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्नु नै हुन्छ। यी दुई वटा दायित्वबाट कुनै पनि हालतमा हामी पछाडि हट्दैनौं भन्ने स्पष्ट सन्देश दिन चाहन्छौं। प्रेस स्वतन्त्रताका लागि ड्राफ्ट भएको कतिपय कानुनहरु प्रेस स्वतन्त्रतामैंत्री छैनन्। राज्यसँगको लडाई पनि सँगसँगै जारी रहन्छ,’ उनले थपे।

कार्यक्रममा पत्रकार दीपा दाहालले आफूलाई कान्तिपुर टेलिभिजनबाट अव्यवसायिक र अपमानपूर्ण ढंगबाट हटाइएको उल्लेख गर्दै न्यायका लागि सहकर्मी पत्रकारहरुसँग आग्रह गरेकी थिइन्। उनले भनिन्- अनवरतरुपमा पेशमा आवद्ध भइरहँदा कान्तिपुर टेलिभिजनले अचानक मलाई निकाल्दा म आर्थिक रुपमा ठूलो संकटमा भासिएको छु । मैले इमान्दारितापूर्वक काम गर्दागर्दै पनि बिना गल्ती कान्तिपुर टेलिभिजनले मलाई निकाल्दा मेरो सामाजिक प्रतिष्ठानमा पनि आँच पुगेको छ । बजारमा मैले कुनै गल्ती गरेका कारण यो टेलिभिजनले मलाई निकालेको हो भन्ने हल्ला चलाइएको छ । यसले मेरो करिअरमै धक्का लागेको छ । मैले अहिलेसम्म प्राप्त गरेका उपलब्धमाथि नै ठेस लागेको छ । यो घटनासँगै अब अरु मिडियामा पनि मैले आफ्नो क्षमताअनुसार काम नपाउने सम्भावना छ । यो घटनाले मेरो स्वास्थ्य अवस्था पनि नराम्ररी बिग्रिएको छ।’

उनले नियतपूर्वक आफूमाथि कान्तिपुर टेलिभिजनले गैरव्यवसायिक कदम चालेको भन्दै न्यायका लागि आह्वान गरेकी हुन्।महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानुनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाण्ज्यि संघको मतगणना जारी कँडेलको अग्रता

४ बैशाख २०७९, आईतवार १६:१९
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले अग्रता लिएका छन् ।तीन सय मतगणना गर्दा लक्ष्मण कँडेले १५६ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्काले १२८ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मतगणाना प्रक्रिया सोमबार […]

सम्बन्धित शीर्षक