सुर्खेत उद्योग वाण्ज्यि संघको मतगणना जारी कँडेलको अग्रता

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार ०२:१९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले अग्रता लिएका छन् ।तीन सय मतगणना गर्दा लक्ष्मण कँडेले १५६ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्काले १२८ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मतगणाना प्रक्रिया सोमबार बिहानैदेखिनै जारी रहेको जनाएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए । भने १८२४ मत खसेको थियो ।संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि निर्वाचन भएकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सचिवालय बैठक सोमबार बस्दै, निर्वाचनबारे छलफल हुने

५ बैशाख २०७९, सोमबार ०२:१९
काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी केन्द्रीय सचिवालय बैठक  सोमबार बस्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सोमबार साँझ साढे ६ बजे बैठक बस्ने भएको छ । ‘प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’उनले भने। उनका अनुसार केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको […]