एमाले सचिवालय बैठक सोमबार बस्दै, निर्वाचनबारे छलफल हुने

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार ०२:२८

काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी केन्द्रीय सचिवालय बैठक  सोमबार बस्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सोमबार साँझ साढे ६ बजे बैठक बस्ने भएको छ ।

‘प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’उनले भने। उनका अनुसार केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

अर्का एक एमाले नेताका अनुसार केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरुको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ।मस्यौदा समितिले तयार पारेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिबद्धता पत्र पनि सचिवालय बैठकमा पेश भएर छलफल हुनेछ। एमालेले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

५ बैशाख २०७९, सोमबार ०२:२८
काठमाडाैँ।गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क) बमोजिम उनलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा […]