कपडा बैंक–हामी नेपालद्वारा लत्ता कपडा सहयोग

कर्णाली अनलाइन १९ फाल्गुन २०८०, शनिबार १०:२१

सुर्खेत।काठमाडौंको टोखा नगरपालिकामा शुक्रबार एक कार्यक्रमका विच ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । टोखा नगरपालिकाको प्राङगणमा गरिएको कपडा दानको पेटीमा हामी नेपाल संस्थाले १ गाडी नयाँ तथा लगाउन मिल्ने कपडा दान गरेको छ ।

क्लोथ एण्ड फुड बैंक नेपालद्वारा टोखा नगरपालिकासँगको सहकार्यमा प्रयोगमा नआएका लत्ता कपडा प्रशोधन गरी आवश्यक पर्ने मानिसहरुका लागि वितरण गर्ने अभियानको संयुक्त उद्घाटन  नगर प्रमुख र महानायक राजेश हमालले शुभारम्भ गर्नु भएको थियो।

‘उदारकार्यका बेला सहयोगमा आएका उक्त कपडा मानव सेवा कै लागि हुने हुँदा दान गरेको ‘सोही हामी नेपाल संस्थाका कार्यक्रम संयोजक अनिल बानियाँले कर्णाली अनलाइनलाई जानकारी दिनुभयो ।

हामी नेपालले यस अघि नै बिभिन्न जिल्लामा आपत बिपत परेको बेला सहयोग गर्दै आइरहेको छ । राम्रो कार्य गर्ने र मानव हितका लागि सहयोग गर्ने पछि नपर्नें संयोजक बानियाले बताए।

उक्त कार्यक्रममा क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसि र नगर प्रमुख प्रकाश अधिकारीले संयुक्त रुपमा हामी नेपाललाइ धन्यवाद व्यक्त गर्नुभयो।

क्लोथ एन्ड फुड बैङ्कका प्रमुख कमल जिसिले’पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताए ‘।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली चिसापानी- सिलिण्डर बोकेको ट्रकमा आगलागी,पुलका लठ्ठामा समेत आगो

१९ फाल्गुन २०८०, शनिबार १०:२१
सुर्खेत।कर्णाली चिसापानी पुलमा ट्रकमा आगलागी भएको छ। आगलागीबाट ट्रक पुर्ण रुपमा जलेको छ।ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ। पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो […]

सम्बन्धित शीर्षक