कर्णाली चिसापानी- सिलिण्डर बोकेको ट्रकमा आगलागी,पुलका लठ्ठामा समेत आगो

कर्णाली अनलाइन २८ फाल्गुन २०८०, सोमबार १७:३५

सुर्खेत।कर्णाली चिसापानी पुलमा ट्रकमा आगलागी भएको छ। आगलागीबाट ट्रक पुर्ण रुपमा जलेको छ।ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ। पुलका लठ्ठामा समेत आगो सल्केको छ।

सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री छामिछानेको निर्देशन- अपराधीलाई ऐन हेरेर कारबाही चलाउनू, निर्देशन नकुर्नू

२८ फाल्गुन २०८०, सोमबार १७:३५
काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्। उनले जयनेपाल कुनै पार्टीको नभएर देशको भएको भन्दै प्रहरीले आफूलाई सलाम गर्ने होइन आफूले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा आफ्नो […]