माओवादी केन्द्रले गर्‍यो विधान परिवर्तनका लागि कार्यदल गठन

कर्णाली अनलाइन १७ मंसिर २०७८, शुक्रबार ०७:११

काठमाडौं। नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन्। कार्यदलले मंसिर २५ भित्र विधानको मस्यौदा तयार गर्ने छ।

त्यस्तै राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको महराले बताए।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ। केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार प्रदेश नेतृत्वका लागि कांग्रेसको उम्मेदवारहरूको मनोनयन दर्ता

१७ मंसिर २०७८, शुक्रबार ०७:११
काठमाडौं। कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत आज सातै प्रदेशमा सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। हिजो बिहीबार सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा प्रदेशको अधिवेशन उद्घाटन गरेका थिए। तर प्रदेश नम्बर १ मा भने हिजो उद्घाटन सत्र हुन सकेन। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आज बिहान उद्घाटन सत्र र उम्मेदवारहरूको मनोनयन दर्ता एकसाथ हुनेछ। […]