रास्वपाले गर्यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो

कर्णाली अनलाइन २९ चैत्र २०७९, बुधबार २१:२२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ।बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको बैठकपछि पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

साधारण सदस्यता खारेज भएसँगै श्रेष्ठको सांसद पद पनि गएको छ। आइतबार मात्रै २ करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि उनी कारबाहीमा परेका हुन्।

अब पार्टीको निर्णय संसद सचिवालयलाई जानकारी गराउने छ। सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराएपछि रास्वपाबाट उनको ठाउँमा नयाँ सामानुपातिक सांसद चुनिनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरबाट लागुऔषध सहित तिनजना पक्राउ

२९ चैत्र २०७९, बुधबार २१:२२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ चोखेढुङगाबाट लागुऔषध सहित तिन जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ११ बस्ने २५ बर्षका खेमराज खत्री, दैलेख जिल्ला नरायण नगरपालिका- ८ घर भएका १९ बर्षका सन्दिप गुरुङ र बाँके जिल्ला बैजनाथ गाउँपालिका- ३ घर भएका २४ बर्षका सागर राना रहेका छन् […]