वीरेन्द्रनगरबाट लागुऔषध सहित तिनजना पक्राउ

कर्णाली अनलाइन ३० चैत्र २०७९, बिहीबार ०७:१९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ चोखेढुङगाबाट लागुऔषध सहित तिन जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ११ बस्ने २५ बर्षका खेमराज खत्री, दैलेख जिल्ला नरायण नगरपालिका- ८ घर भएका १९ बर्षका सन्दिप गुरुङ र बाँके जिल्ला बैजनाथ गाउँपालिका- ३ घर भएका २४ बर्षका सागर राना रहेका छन् ।

उनीहलाई वीरेन्द्रनगर नगरपालिका -११ चोखेढुङगाबाट माटोले बनेको २ तले कच्चि घरको वाँया साईटको कोठा भित्र पुडिया बनाउदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको टोलीले पक्राउ गरेको हो ।

सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ वटा प्याकिङ्ग पुडिया र खुल्ला ११ वटा पुडिया बरामद गरी उनिहरुलाई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिका ११ नं वडा कार्यालयद्धारा जेष्ठ नागरिकलाई सम्मान

३० चैत्र २०७९, बिहीबार ०७:१९
सुर्खेत ।जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ न. वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ११ न.वडा कार्यालयले विहिवार वडा कार्यालयको परिसरमा आयोजना गरेको कार्यक्रममा २ सय ५० जनाभन्दा वढि जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ। वीरेन्द्र्र नगरपालिका उप—प्रमुख तथा उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका निलकण्ड खनालले […]