पचालझरना गाउँपालिकाद्धारा पशुपालक किसानलाई ‘गोठालो भत्ता’कार्यक्रम सुचारु

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०९:३७

कालीकोट।जिल्लाको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ। गाउँपालिकाले पशुपालनमा प्रोत्साहन गर्नका लागि किसानलाई ‘गोठालो भत्ता’ दिने निर्णय गरेको हो ।पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो। कार्यविधिअनुसार ५० देखि एक सय भेडाबाख्रा पाल्ने किसानलाई मासिक रु एक हजार तथा १०० भन्दा बढी भेडाबाख्रा पाल्नेलाई मासिक रु दुई हजारका दरले गोठालो भत्ता दिदैँ आएको छ। सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख वीरेन्द्रबहादुर बमले बताए।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ’, उनले भने, ‘यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ।’ उनका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन्। त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान ६ जना रहेको गाउँपालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन विमानस्थलबाट दुई केजी सुनसहित दुई जना पक्राउ

३ मंसिर २०७८, शुक्रबार ०९:३७
  काठमाडौँ ।त्रिभुवन विमानस्थलबाट दुई केजी सुनसहित दुई जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट आएका उनीहरुलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीहरुले सुनलाई धुलो बनाएर कट्टुमा फल्स बटम बनाएर त्यसैमा लुकाई ल्याएको प्रहरीले […]