ट्याक्टर दुर्घटनाबाट एकजनाको घटनास्थलमै मृत्यु, एक गम्भीर

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार १०:४४

खोटाङ।ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।सोमबार बिहान करिब १०:१५ बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएर सडकबाट करिब ७५ मिटर तल खसेको थियो।

दुर्घटनामा परी ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–१०, नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

दुर्घटनामा ट्याक्टरमा सवार सवारीधनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते भएका छन्। घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी निरीक्षक शाहले बताए।मृतक मगरको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल टेलिकमकाे 'भ्यालेन्टाइन्स डे' अफर, आज र भाेलि ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डाटा

२ फाल्गुन २०७८, सोमबार १०:४४
काठमाडौँ। फेब्रुअरी १४ मा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) सम्म उपलब्ध हुनेछ । याे अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस […]