नेपाल टेलिकमकाे ‘भ्यालेन्टाइन्स डे’ अफर, आज र भाेलि ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डाटा

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार १०:५२

काठमाडौँ। फेब्रुअरी १४ मा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) सम्म उपलब्ध हुनेछ ।

याे अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day Combo Offer’ उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसैगरी नेपाल टेलिकमले भर्खरै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी (VoLTE) सेवामा ‘भ्यालेन्टाइन्स डे’ कै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै ‘भ्यालेन्टाइन्स डे’ कै अवसरमा फागुन २ गते एमपोसबाट गरिने दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र पाँच सय रुपैयाँ वा त्याे भन्दामाथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रूपमा निःशुल्क उपलब्ध हुनेछ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अलमलमा एमाले : चोलेन्द्रलाई नबोक्‍ने, एमसिसीबारे ‘पर्ख र हेर’मै

२ फाल्गुन २०७८, सोमबार १०:५२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनका नेताहरूले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपछि बसेको संसदीय दलको बैठकले पार्टीले परिस्थितिअनुसार आवश्यक निर्णय लिने निर्णय गरेको हो। बैठकमा सांसदहरूले महाभियोग र एमसिसीको बारेमा पार्टीको प्रष्ट धारणा खोजेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले आवेग, उत्तेजना […]