गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात

कर्णाली अनलाइन २० मंसिर २०८०, बुधबार ०७:५९

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात भएको छ। श्रेष्ठ  छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।

उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो।  यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो।

उनको स्वास्थ अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्डसँग वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरको शिष्टाचार भेट

२० मंसिर २०८०, बुधबार ०७:५९
काठमाडौँ।नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भेट्न वरिष्ठ निर्देशक रियर लाउबाचर प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले […]