सुर्खेतको बबईबाट २६ हजारको अवैध सुर्तिजन्य समान बरामद

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार १२:०५

सुर्खेत।सुर्खेतको बबईबाट अवैध रूपमा ल्याइएको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले शनिबार बिहान साढे ९ बजेको समयमा भेरिगंगा नगरपालिका–५ बबईबाट उक्त समान बरामद गरेको हो ।

नेपालगञ्जदेखि सुर्खेत तर्फ आउन्दै गरेको लु २ ख ५७८३ नम्बरको फोर्स गाडीलाई चेकजाँज गर्दा अबैध रुपमा ल्याएको वेवारिसे ३ बोरा १५० पिस करिब २६ हजार राबरको सुर्तिजन्य समान बरामद गरेको हो ।प्रहरीका अनुसार उक्त गाडीलाई नियन्त्रणलिई आन्तरिक राजश्व कार्यालय कोहलपुर तर्फ पठाईएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी बनाउने म कब्जा गर्ने केपी : अध्यक्ष नेपाल

१२ चैत्र २०७८, शनिबार १२:०५
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा आइ लभ यु’ भन्दैमा पार्टी नचल्ने बताएका छन् । नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमाले पार्टी भन्दा पनि प्राइभेट लिमिटेडजस्तो भएको बताए । एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा […]