यातायात व्यवस्था विभागले भन्याे– भाेलि बिहान ६ बजेसम्म सेवा बन्द

कर्णाली अनलाइन ९ चैत्र २०७८, बुधबार ११:१७

काठमाडौँ।सर्भरमा समस्या आएपछि यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा भोलि बिहीवार बिहान ६ बजेसम्मका लागि बन्द गरेको छ ।

विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा भाेलि बिहान ६ बजेसम्मका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुने छन् । विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाग्मती प्रदेशमा बर्ड फ्लुको सङ्क्रमण फैलियो

९ चैत्र २०७८, बुधबार ११:१७
काठमाडौँ। वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो ।बर्ड फ्लुका कारण ६ जिल्लामा गरी तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । प्रदेशमा माघ १६ गतेदेखि […]