बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारलाई आयोगको निर्देशन

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार १५:२६

काठमाडौं।निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ।आयोगले मंगलबार विज्ञप्ति नै जारी गरेर स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको जानकारी गराएको हो। निर्वाचन आयोग ऐन २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर बैंकमार्फत खर्च गर्न आयोगले भनेको हो।

ऐनमा निर्वाचन खर्चसम्बन्धी व्यवस्थाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था छ। उम्मेदवारले २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग पाउँदा वा लिँदा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाई दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउन पनि आयोगले भनेको छ।

आयोगले देशभरिका मुख्य निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई पनि उम्मेदवारहरूले बैंकमार्फत् खर्च गरे नगरेको निगरानी राख्न निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गौतम

२० बैशाख २०७९, मंगलवार १५:२६
काठमाडौँ।नेकपा (एमाले)विभाजनपछि राजनीतिमा कतै नखुलेका वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् । एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ […]