गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गौतम

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार १५:५७


काठमाडौँ।नेकपा (एमाले)विभाजनपछि राजनीतिमा कतै नखुलेका वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् ।

एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ । गीतमा कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने  लगायतका शब्द रहेका छन् । गीतको बोल जनता जगाउने, कलममा छाप लगाउनेु रहेको छ । गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ । संगीत केसीको रहेको छ ।

गीतमा एकीकृत समाजवादी व्यक्तिवादी नभई विचारवादी, नेताभन्दा नीति प्रधान रहेको उल्लेख छ । उद्योग, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकासका लागि कलममा मतदान गर्न आह्वान गरिएका शब्द गौतमले लेखेका छन् ।

हाम्रो पार्टी, समाजवादी देशैभरी छायो, चुनाव चिह्न कलम बोकी घरआँगनमा छायोु शब्द रहेका गीतमा संविधानको उल्लंघनले राज्य नचल्ने र प्रतिगामी हर्कतले देश नबन्नेलगायतका कुरा गीतमा राखेर आफ्नो कित्ता गौतमले कतातिर भन्ने देखाएका छन् ।एकीकृत समाजवादीले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि गौतम देखिएका छन् । गीत रेकर्डिङको क्रममा स्टुडियोमा गौतम रहेको भिडियोमा देख्न पाइन्छ ।

राष्ट्रिय सभा सदस्य गौतम पछिल्लो समय राजनीतिक गतिविधि बाहिर रहेका थिए । उनीकी श्रीमती तुल्सी थापा एमालेबाट प्रतिनिधिसभा सदस्य छन् । उनीसँगै रहेका केही नेता भने एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीतिर लागेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त गीत सामाजिक सञ्जाल फेसबुकमा राख्दै ुकमरेड वामदेव गौतमले रचना गर्नुभएको ुकलममा भोट हाल्नु अपील गरिएको गीतु भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइपिएल : शीर्ष टोली गुजरातमाथि पञ्जाबकाे जित

२० बैशाख २०७९, मंगलवार १५:५७
एजेन्सी।भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत मंगलबार  भएको खेलमा पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ।पहिला बलिङ गरेको गुजरातले ८ विकेटमा १४३ रन बनायाे। गुजरातका साई सुदर्शनले ६५ रन बनाएका थिए। तर उनलाई अरू खेलाडीले राम्रो साथ दिन सकेनन्। टोलीका कप्तान हार्दिक पाण्डेयले  मात्र १ मात्र रन बनाए। पञ्जावको तर्फबाट […]