सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत बहुमुखि क्यामपसको मतगणना भोली

कर्णाली अनलाइन ५ चैत्र २०७९, आईतवार १९:४४

सुर्खेत । त्रिभुवन विश्वविध्यालय अन्तरगत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको हो।

रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पराजित गरेका हुन। यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको पुरै प्यानल विजयी भएको छ।
त्यस्तै, हिम शिखर बहुमखी क्यापस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोधरुपमा स्ववियुको नेतृत्व चयन भएको छ। यस्तै, सुर्खेत बहुमुखि क्यामपसको मतदान सम्पन्न भएको छ भने मतगणना भोली मात्र हुने क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नन्दादेबी बहुमुखी क्याम्पस नरहरिनाथको स्ववियु सभापतिमा बिष्ट निर्विरोध निर्वाचित

५ चैत्र २०७९, आईतवार १९:४४
कालिकोट।जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको नन्दादेबी बहुमुखी क्याम्पसले स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरेको छ ।नन्दादेबी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भए अनुुसार क्याम्पसले आइतवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको क्याम्पस प्रमुख मान बहादुर विष्टले जानकारी दिए। यसअघि फागुन २७ गते पाँचवटा विद्यार्थी संगठन मिलेर […]

सम्बन्धित शीर्षक