काठमाडौँ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बिहीबार बस्दैछ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो।
स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न बिहीबार कार्यसम्पादन समितिको बैठक डाकिएको मुख्य सचिव पाैडेलले जानकारी दिए। यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुने बुझिएकाे छ।
कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी गरी ३७ सदस्य छन्।