भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

कर्णाली अनलाइन ९ माघ २०७८, आईतवार ०७:४८

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ ।

गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो ।

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डको पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण

९ माघ २०७८, आईतवार ०७:४८
काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको पनि सचिवालयले जनाएको छ । केही […]