एमसिसी पारित नगरे सम्बन्ध पुनरावलोकन गर्छौँ- अमेरिकी मन्त्री लु

कर्णाली अनलाइन २८ माघ २०७८, शुक्रबार ०३:१५

काठमाडौँ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ‌ओलीसँग छुट्टाछुट्टै फोन गर्दै अमेरिकी सहयोग परियोजना एमसिसी पारित नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने चेतावनी दिएका छन्।

उनले फेब्रुअरी २८ को समयसीमाभित्र एमसिसी नेपालको संसद्‌बाट पारित नभए अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने चेतावनी दिएका हुन्।

एमसिसी उपाध्यक्ष फतिमा सुमारले बुधबार भर्चुअल अन्तर्क्रिया गरी फेब्रुअरी अन्त्यसम्म एमसिसी पारित नगरे उक्त परियोजना अन्तै लैजाने जानकारी दिएकी थिइन्।

फोन कुराकानीका क्रममा एमसिसी संसद्‌मा लैजान पहल गरिरहेको जानकारी प्रधानमन्त्री देउवाले मन्त्री लुलाई गराएका थिए। उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव आइसकेकाले त्यसपछि एमसिसी अगाडि बढाउने बताएका थिए।

एमाले अध्यक्ष ओलीले भने सत्तारुढ दलले एमसिसीका बारेमा पोजिसन बनाइनसकेकाले आफूले अहिल्यै बनाउनु आवश्यक नभएको जवाफ मन्त्री लुलाई दिएको एमाले स्रोतलेे जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

२८ माघ २०७८, शुक्रबार ०३:१५
दाङ।तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ। कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए। ‘एक महिला र चार पुरुषको शव निकालेर अस्पताल पठाएका छौं’, उनले भने, ‘राति करिब पौने दुई बजेदेखि पसलमा […]