नन्दादेबी बहुमुखी क्याम्पस नरहरिनाथको स्ववियु सभापतिमा बिष्ट निर्विरोध निर्वाचित

कालिकोट संवाददाता ५ चैत्र २०७९, आईतवार २१:०१

कालिकोट।जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको नन्दादेबी बहुमुखी क्याम्पसले स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरेको छ ।नन्दादेबी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भए अनुुसार क्याम्पसले आइतवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको क्याम्पस प्रमुख मान बहादुर विष्टले जानकारी दिए।

यसअघि फागुन २७ गते पाँचवटा विद्यार्थी संगठन मिलेर स्ववियु निर्वाचनको सबै पदका लागि एकल उम्मेदवारी दर्ता गराएका थिए । यस क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी जुनिता विष्ट चयन भएकी छन भने उपसभापतिमा अखिल क्रान्तिकारी(विल्लप) का संग्राम शाही चयन भएका छन ।

सचिवमा अनेरास्ववियुका टेक बहादुर बोगटी चयन भएका छन भने सह-सचिवमा अनेरास्ववियु (समाजवादी)का रोशन विष्ट चयन भएका छन । त्यसैगरी कोषाध्यक्षमा अखिल( क्रान्तिकारी)की यशोदा शाही चयन भएकी छन । यसै गरी सदस्यहरुमा अखिल (क्रान्तिकारी)का मंगल बहादुर बिष्ट ,नेपाल विधार्थी संघकी अजु सहकारी ,अखिल क्रान्तिकारी (विप्लप)का सागर बहादुर सहकारी सर्वसहमत चयन भएका छन ।त्यसैगरी सदस्यहरुमा अखिल क्रान्तिकारीका दिनेश वि.क ,अनेरास्ववियु (समाजवादी)का खाम्म दर्जी र अनेरास्ववियुकी शुसिला बोहरा चयन भएका छन ।

स्ववियुका सबै पदाधिकारी र सदस्यहरुलाई नन्दादेबी बहुमुखी क्याम्पसका प्रमुख मान बहादुर विष्टले प्रमाण पत्र प्रदान गरेका छन । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ,अनेरास्ववियु, अखिल क्रान्तिकारी( विप्लप) , ,अखिल क्रान्तिकारी ,अनेरास्ववियु (समाजबादी) मिलेर संयुक्त रुपमा पद बाँडफाँट गर्दै एकल उम्मेदवारी दर्ता गराएका थिए । वि.स.२०६९सालमा स्थापना भएको नन्दादेवी बहुमुखी क्याम्पसमा यो पहिलो स्ववियु निर्वाचन हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणबाट बर्दियामा २ महिलाको मृत्यु

५ चैत्र २०७९, आईतवार २१:०१
बर्दिया।बाघको आक्रमणबाट​ बर्दियाको मधुवन नगरपालिकाका २ महिलाको मृत्यु भएको छ।मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्री बुढा मगर र ५० वर्षकी धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले  जानकारी दिए। उनका अनुसार सोमबार दिउँसो स्थानीय चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा २ महिलालाई बाघले आक्रमण गरेको हो। […]