पौडेल निवास बोहराटारमा संस्थपनइतर समूहका नेताहरू छलफलमा

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार ०५:५९

काठमाडौं। नेपाली काँग्रेस संस्थपनइतर समूहका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू बोहराटार पुगेका हुन्।

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन्। दुवैले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालिसकेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन्। संस्थापन इतरबाट पार्टी सभापतिको साझा उम्मेदवार तय गर्न नसकेपछि पौडेललाई भेट्न बोहराटार गएका हुन्। अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामचन्द्रको नाममा सर्वसम्मत गरे बाधा गर्दिनँ : निधि

२४ मंसिर २०७८, शुक्रबार ०५:५९
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने अवस्था आए आफू बाधक नबन्ने बताएका छन्। शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा सभापतिका आकांक्षीसमेत रहेका निधिले यस्तो बताएका हुन्। उनले भने, ‘रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ। शेरबहादुर देउवाले रामचन्द्रलाई […]