उच्च अदालतले पनि रोक्न भन्यो एनसेल शेयर खरिद बिक्री

कर्णाली अनलाइन २१ मंसिर २०८०, बिहीबार २१:११

काठमाडौँ ।उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्रीलाई अभिलेखिकरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले मंसिर २५ गतेसम्म खरिद बिक्रीलाई मान्यता नदिन आदेश दिएको हो।

विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

यसअघि रोकायाले नै दायर गरेको अर्को रिटमा २५ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएकाले बिहीबार पनि उक्त दिन अन्तरिम आदेशबारे त्यसै दिन निरुपण गर्न भन्दै अल्पकालीन आदेश जारी गरेको हो।

संसदको सार्वजनिक लेखा समितिले खरिद बिक्री प्रक्रिया शंकास्प रहेको ठहर गर्दै त्यसलाई मान्यता नदिन सरकारलाई निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

२१ मंसिर २०८०, बिहीबार २१:११
काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् । दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र […]