कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेतमा

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०६:२३

सुर्खेत।सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत आइपुगेका छन ।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्ने छन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे ।गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

१७ कार्तिक २०७८, बुधबार ०६:२३
काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्।नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका […]