पाँच दलीय गठबन्धन चुनावसम्म टिक्छ : प्रधानमन्त्री देउवा

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ०५:४१

 

काठमाडौं। नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन्। आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरूलाई देउवाले गठबन्धनमा सल्लाह त्यसबारेमा निर्णय लिइने बताएका छन्।

पछिल्लो पटक रामेछापका काँग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरू पूर्वजिल्ला सभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई बागमतीबाट राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल गर्न बालुवाटार गएका थिए। उनीहरूसँग देउवाले गठबन्धन छाडेर काँग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए।

राष्ट्रियसभा निर्वाचन मात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिन,गाउँ गाउँमा एमाले बलियो छ,गठबन्धन छाड्ने कुरा छैन, भोलि बागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो।’

देउवालाई भेट्न काँग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्व सभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरू भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसी लगायतका नेता बालुवाटार पुगेका थिए। देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै काँग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्रोत नखुलेको पचास लाखसहित सौर्य एयरलायन्सकी महिला कर्मचारी पक्राउ

१८ पुष २०७८, आईतवार ०५:४१
काठमाडौँ।नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ।विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्सबाटै उक्त रकम काठमाडौँ आइपुगेको थियो। उक्त रकम संकलन गर्न आउने सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट […]

सम्बन्धित शीर्षक