देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कर्णाली अनलाइन २९ पुष २०७८, बिहीबार ०४:५६

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

बुधबार रातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा गएराति मेघ गर्जन र चट्याङसहित वर्षा भयो भने उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो।

देशैभरका पहाडी भेगमा आज दिनभर बदली रहने संभावना रहेको छ। उपत्यकामा भने दिउँसो घाम लाग्ने पनि महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ। न्यून चापीय प्रणाली कमजोर हुदै गएकाले वर्षा हुने क्रम केही दिनलाई रोकिने र न्यून चापीय प्रणाली केही दिनपछि सक्रिय हुने संभावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लोपटक गरेका सबै सरुवा रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

२९ पुष २०७८, बिहीबार ०४:५६
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको […]