हुम्लाको सिमकोटमा चार फिटसम्म बाक्लो हिउँ

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ०६:५८

हुम्ला । बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए ।

उनका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको उनले छ । उनले भने, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन् ।’’

अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरुसमेत यहाँ सुनसान छन् । निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा मन्त्रिपरिषद् हुदै, कसलाई कुन मन्त्रालय (सुचीसहित)

२३ माघ २०७८, आईतवार ०६:५८
सुर्खेत। सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)ले कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंग्याएका छन्। केन्द्रीय नेतृत्वसँगको समन्वयमा गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । भागबन्डा अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्वसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रले उर्जा जलस्रोत तथा सिचाई […]

सम्बन्धित शीर्षक